बाढीले पुल बगाएपछि आवागमन प्रभावित

विराटनगर — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले पुल बगाउँदा आवागमन अवरुद्ध बनेको छ । दुई दिनदेखिको वर्षापछि आएको बाढीले हिजो साँझ फलामे पुल बगाएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

पुल बगाउँदा सर्वसाधारणलाई आउजाउ गर्न समस्या भएको छ ।


यसैगरी घोडा र खच्चडबाट हुने गरेको उपभोग्य सामग्री ढुवानी पनि ठप्प भएको छ । काठको फड्के बनाएर अस्थायी रुपमा गाउँलेलाई आउजाउ गर्न सहयोग गरिएको प्रहरीले जनाएको छ ।


सोही खोलाको बाढीले सुर्के खोला पेल्ट्रिक सेटको पाइप र ट्यांकी बगाउँदा स्थानीय ५० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?