१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मृतकका परिवारलाई प्रवासीको सहयोग 

एलिसा श्रेष्ठ

काठमाडौँ — पहिरोमा मृत्यु भएकाका परिवारलाई भोजपुर हातेमालो सेवा समाज यूएईले आर्थिक सहयोग गरेको छ ।

सामाजले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका मृतक जनक विकको परिवारलाई २५ हजार ९ सय ७९, रामप्रसाद राई गाउँपालिका–७ बासीखोराका जगतबहादुर राईको परिवारलाई २५ हजार ९ सय ७९ र साही गाउँपालिका–५ मानेभञ्याङमा ज्यान गुमाएकाका परिवारलाई ५२ हजार ७ सय ७५ सहयोग गरेको हो । आर्थिक सहयोग रामप्रसाद राई गाउँपालिकाका मृतकका परिवारलाई गाउँपालिका अध्यक्ष विजय राई र टेम्केमैयुङ गाउँपालिकामा अध्यक्ष ध्रुवराज राईले हस्तान्तरण गरेका समाजका केन्द्रीय अध्यक्ष भीम थापाले जानकारी दिए ।


साउदीबाट सुदिप बस्नेतले पठाएको १५ हजार ४ सय ५५ रुपैयाँ सहयोग गरिएको समाजका वरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पाले बताए ।


समाजले रकम संकलन गर्न ३ जनाको संयोजकत्वमा समिति गठन गरेको थियो । गत असारको अरिवल वर्षात्‌‌ले रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ गाउँपालिकामा १ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र १५, २०७६ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?