पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुरको साल्पासिलिछो गाउँपालिकामा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ । अलैंची गोडेर घर फर्कँदा बाटोमा झरेको पहिरोले पुरिएर ५९ वर्षीय मानबहादुर बिष्टको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार फोक्टेबाट भन्ने ठाउँबाट अलैंची गोडेर घर फर्केका बिष्ट हात, खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका थिए । उनलाई आफ्नै घर थुम्लुङ्ग पुर्‍याएपछि राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएस्पी नरबहादुर सलामी मगरले बताए ।


पहिरोमा परि भाग्ने क्रममा अर्जुन कार्की, धर्मराज बिष्ट र प्रसाद राई सामान्य घाइते भएका छन् । मृतक बिष्टको शवलाई पोष्टमार्टमको लागि खाँदबारी लगिने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?