पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुरको साल्पासिलिछो गाउँपालिकामा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ । अलैंची गोडेर घर फर्कँदा बाटोमा झरेको पहिरोले पुरिएर ५९ वर्षीय मानबहादुर बिष्टको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार फोक्टेबाट भन्ने ठाउँबाट अलैंची गोडेर घर फर्केका बिष्ट हात, खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका थिए । उनलाई आफ्नै घर थुम्लुङ्ग पुर्‍याएपछि राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएस्पी नरबहादुर सलामी मगरले बताए ।

पहिरोमा परि भाग्ने क्रममा अर्जुन कार्की, धर्मराज बिष्ट र प्रसाद राई सामान्य घाइते भएका छन् । मृतक बिष्टको शवलाई पोष्टमार्टमको लागि खाँदबारी लगिने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ १०:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नक्कली भिसा कार्डबाट रकम निकाल्ने ५ चिनियाँ पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले नक्कली भिसा कार्ड बनाएर एटीएमबाट पैसा निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजिनक गरेको छ ।

उनीहरु नक्कली भिसा कार्डबाट बिभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने काममा संलग्न रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट१३२ वटा नक्कली र १७ वटा सक्कली भिसा कार्डसमेत बरामद गरेको छ।

शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट उनीहरु पक्राउ परेका हुन्। उक्त समूहले बिभिन्न बैकका एटीएमबाट १ करोड २६ लाख निकालिसकेका छन्। प्रहरीले उनीहरुको साथबाट ९ हजार अमेरिकन डलर बरामद गरेको छ।
उक्त समूह सोमबार चीन उड्ने तयारीमा थियो।

प्रकाशित : भाद्र १५, २०७६ १०:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT