२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

गोरु काटेको आरोपमा ४ पक्राउ                     

डिल्लीराम खतिवडा

उदयपुर — जिल्लाको चौदण्डीगढी नगरपालिका-३ हातिसारमा गोरु काटेको आरोपमा ४ जना पक्राउ परेका छन् । मासु खाने र बिक्री प्रयोजनका लागि गोरु काट्दै गरेको अवस्थामा शनिबार साँझ स्थानीय ५० वर्षीय रामप्रसाद राई, उनका २५ वर्षीय छोरा प्रवीण राई, २१ वर्षीय मनिष राई र ५६ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बुद्धि चौलागाईंले बताए ।

गोरु काटेको आरोपमा ४ पक्राउ                     

चारै जनालाई आइतबार अदालतबाट म्याद लिइ आवश्यक कारबाही अगाडि बढाइने प्रहरी निरीक्षक चौलागाईंले बताए ।


१ सय ६ केजीको गोरु काटिरहेको अवस्थामा पक्राउ परेका चारै जनलाई इलाका प्रहरी कार्यलय बेल्टारको हिरासतमा राखिएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?