२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

खानेपानी अभावले हैरानी

धनकुटा — धनकुटा ८ सान्ताङकी एलिसा आठपहरिया खानेपानी लिन दैनिक डेढ घण्टा टाढाको कुवा धाउने गर्छिन् । बिहान उठ्नासाथ डोकोमा २५ लिटरभन्दा बढी अट्ने गाग्री बोकेर पँधेरोमा जाने गरेको उनी बताउँछिन् ।

आकाशबाट पानी बर्सिए पनि धारामा पानी नआएको तीन साता नाघिसकेको उनको भनाइ छ ।


चार दशकअघि नै नगरपालिका घोषणा भएको धनकुटा नगरका कतिपय गाउँबस्ती पुग्दा दुर्गम गाउँबस्तीको झल्को दिन्छ । आठपहरिया जातिको बसोबास रहेको सान्ताङको अवस्था पनि त्यस्तै छ । केही वर्ष पहिले खानेपानीको पाइप पुगे पनि पानी नआउने स्थानीयले गुनासो पोखे ।


स्थानीय रिया आठपहरियाको पनि उस्तै गुनासो छ । घरभन्दा आतेजाते गर्दा झन्डै २ घण्टा टाढाको त्रिदाङ कुवाबाट उनी पनि गाग्रीमा पानी बोक्ने गर्छिन् । ‘हामीलाई पानीको समस्याले जहिल्यै पिरोल्छ,’ उनले भनिन्, ‘सदरमुकाम नजिक भएर के गर्नु हाम्रो बसाइ दुर्गममा नै छ ।’


धनकुटा ७ को चुलिबनमा रहेको ट्यांकीबाट गाउँमा पानी वितरण हुने गर्छ । धनकुटा नगरपालिका १ लुङनाङको तीन दोभाने मुहानको पानी चुलिबनस्थित ट्यांकीबाट सान्ताङ क्षेत्रमा वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष डिल्लीमान राईले बताए ।

प्रकाशित : भाद्र १२, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?