कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रदेशसभामा सत्ता पक्षका सांसदले भने, ‘जनता आवासमा कर्मचारीले घूस लिइरहेका छन्’

देवनारायण साह

(मोरङ) — प्रदेशसभा बैठकमा सत्ता पक्षका सांसद बृखबहादुर प्रधानले जनता आवास कार्यक्रममा कर्मचारीहरुले गरिब, विपन्न लाभग्राहीसँग अवैध रुपमा घूस असुली गरिरहेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभामा सत्ता पक्षका सांसदले भने, ‘जनता आवासमा कर्मचारीले घूस लिइरहेका छन्’

‘जनता आवास कार्यक्रमको कार्यान्वयन पक्ष अत्यन्तै फित्तलो रहेको र कर्मचारीहरुले अनेक बहानामा दुःख दिएर लाभग्राहीसँग घूस असुल्ने गरेका छन्,’ उनले भने, ‘जनता आवास कार्यक्रमका लाभग्राही जातीयताका आधारमा भन्दा पनि गरिबीको आधारमा छनोट गर्नुपर्छ ।’


दलित, विपन्नहरुसँगै घर भएका कथित उपलो जातका गरिबहरुले सरकारले बनाइदिने भवन नपाउँदा सर्वसाधारणमा वितृष्णा उत्पन्न हुँदै गएको उनको भनाइ थियो । अहिलेको समाजवाद उन्मुख अवस्थामा राज्यले ल्याएको यस्तो विभेदकारी नीति उपयुक्त नभएको उनले बताए ।


सत्ता पक्षका सांसद हिराकुमार थापाले प्रदेश सरकारले अहिले ल्याएको कार्यक्रममा सत्तापक्षकै दलका नेता तथा कार्यकर्ताले बिचौलिया भएर चलखेल गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए । ‘सरकारले निलो किताबमा स्वीकृत गरेको कार्यक्रममा सत्ताधारी नेकपाका नेता तथा कार्यकर्ताहरुले चलखेल गरिरहेका छन्,’ उनले भने, ‘उनीहरुले कार्यक्रम परेका ठाउँका लाभग्राहीहरुसँग अनुचित लाभ लिने गरेकोप्रति सरकार सचेत हुनु आवश्यक छ ।’


प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता हिमाल कार्कीले सामाजिक विकास मनत्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कार्यकर्ता पाल्न गत आर्थिक वर्षमा बजेट रकमान्तर गरेर बाँडेको आरोप लगाए । उनले दुबै मन्त्रालयले गत आर्थिक वर्षमा रकमान्तर गरेको बजेटको बारेमा संसद्‌लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । दुवै मन्त्रालयले जथाभावी रुपमा बजेट रकमान्तर गरेर आफ्ना दलका नेता तथा कार्यकर्तालाई बाँडेको उनको भनाइ थियो । मन्त्रालयले रकमान्तर गरेर बजेट वितरण गरेको योजनाको काम लथालिंग रहेकोले छानबिनका लागिसमेत उनले माग गरे ।

कार्कीले उदयपुरको जोगिदहमा निर्माण भइरहेको सगरमाथा विमानस्थलको काम अघि बढाउन संघीय सरकारमा पहलका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित : भाद्र ११, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?