१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संरक्षणमा एक करोड

ताप्लेजुङ — संरक्षणका लागि जिल्लामा एक करोड रुपैयाँ छुट्टिएको छ । विश्व वन्य जन्तु कोषको सहयोगमा सञ्चालित तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्र (टीएमजे) ले सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ र हिमाली संरक्षण मञ्चलाई कार्यक्रम कार्यान्वयनका लागि यो रकम प्रदान गर्ने भएको हो ।

बजेट यो आर्थिक वर्षमा खर्च गरिसक्नुपर्छ । सामुदायिक वनलाई ७० लाख ५५ हजार र संरक्षण मञ्चलाई ३० लाख रुपैयाँ छुट्याइएको छ ।


सामुदायिक वनका जिल्ला अध्यक्ष सुरज ओझाका अनुसार वनको सरसफाइ गर्ने, पोखरी निर्माण गर्ने, उपभोक्तालाई सामुदायिक वन र संरक्षणसम्बन्धी तालिम दिनेलगायत काम गरिने छ ।


पर्यटकीय स्थलहरूमा पैदलमार्ग बनाउने, होमस्टे निर्माण गर्नेलगायतमा पनि बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?