कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अपांगता भएकालाई सहयोग

मोरङ — कानेपोखरी गाउँपालिका ३ का देबेन्द्र लुईँटेलले अपांगता भएका २४ जनालाई सहायक सामग्री वितरण गरेका छन् । उनले गाउँपालिकाका विभिन्न वडाका १४ जनालाई हिृवल चेयर, ८ जनालाई बैसाखी र दृष्टिविहीन दुई जनालाई आई स्टिक निःशुल्क रुपमा वितरण गरेका हुन् । 

अपांगता भएकालाई सहयोग

गाउँमा विपन्न परिवारका शारीरिक अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन गरी चिकित्सकको परामर्शमा ती सामग्री वितरण गरेको लुईँटेलले बताए ।


करिब ३ लाख रुपैयाँमा ती सामग्रीहरु वितरण गरिएको उनले बताए । लुईँटेलले यसअघि सोही गाउँपालिकामा निःशुल्क रुपमा टोपी वितरण गरेका थिए ।


प्रकाशित : भाद्र ९, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?