२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

टेलिकम र विद्युत प्राधिकरणलाई इटहरीका मेयरको चेतावनी 

प्रदीप मेन्याङ्बो

सुनसरी — चर्चा र विवादमा आएका इटहरी उपमहानगरपालिकका मेयर द्वारिकलाल चौधरीले नगरको सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना हटाउने निर्णय गरेपछि फेरि चर्चामा आएका छन् । इटहरी नगरक्षेत्रमा सडक सुशासन कायम गर्न पूर्व पश्चिम सडकको लविपूर चौकदेखि रामधुनी नगरपालिकाको सिमानासम्म सडकको दायाँ बायाँ साढे ८२ फिट क्लियर गर्ने निर्णय गरेका छन् ।

टेलिकम र विद्युत प्राधिकरणलाई इटहरीका मेयरको चेतावनी 

उनले भने, ‘सडक किनार अतिक्रमण गरेर निर्माण भएका भौतिक संरचना हटाउन एक सातासम्म अनुरोध गर्छौं, त्यसपछि पनि नहटाएमा उपहानगरले आफै हटाउने निर्णय गरेका छौं ।’


अभियान सुरु गर्नुअघि उपमहानगरले आइतबार प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा सम्बन्धित विषयगत कार्यालय र सबै सरोकारवाला पक्षसँग छलफल गरेको प्रमुख चौधरीले बताए ।


छलफलमा सडक डिभिजन कार्यालय, टेलिकम, विद्युत, यातायात, उद्योग वाणिज्य संघ, जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो । सरोकारवाला सबैसँग नगरप्रमुख द्वारिकलाल चौधरीले सडक सुशासन अभियानमा सहयोग गर्न आग्रह गर्दै सडकको अधिकार क्षेत्र साढे ८२ फुट भित्र रहेका संरचना हटाउन अनुरोध गरेका थिए ।


प्रमुख चौधरीले विद्युत प्राधिकारण र टेलिकमका पदाधिकारीसँग सडकमा गाडिएका पोल हटाएर उचित ठाउँमा नगाडे उपमहानगरपालिकाले उखेलिदिने चेतावनी दिएका थिए । चौधरीले चेतावनी दिएपछि विद्युत प्राधिकरणका प्रतिनिधिले विद्युतका पोल हटाउन प्राधिकरणले सहयोग गर्ने तर त्यसबापत लाग्ने शुल्क स्थानीय तहले नै ब्यहोर्नु पर्ने बताएका थिए ।

प्रकाशित : भाद्र ८, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?