२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

राष्ट्रिय परिचयपत्रको काम सुरु

(संखुवासभा) — जिल्ला प्रशासनले राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु गरेको छ । परिचयपत्रका लागि विवरण संकलन सुरु भएको वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन् ।

साउन ३ देखि विवरण संकलन गर्न थालिएको हो । दोस्रो चरणमा प्रदेश १ का संखुवासभा र झापा विवरण संकलन भइरहेको छ । सदरमुकाममा विवरण संकलन कार्य सुरु भएको एक महिना बितिसक्दा पनि स्थानीय तहमा भने कर्मचारी खटाउन सकेको छैन ।


केन्द्रले असोजपछि मात्र थप कर्मचारी पठाउने भएकाले स्थानीय तहमा काम गर्न ढिलाइ भएको हो । एक महिनामा सदरमुकाम खाँदबारीबाट ३ सय ८७ जनाको विवरण दर्ता भइसकेको जबेगुले जानकारी दिइन् । विवरण संकलन भएको एक/दुई महिनापछि मात्र केन्द्रबाट परिचयपत्र बनेर आउने छ ।


अहिले जिल्ला प्रशासनमा नागरिकता बनाउन आउने सेवाग्राहीको मात्र विवरण संकलन भइरहेको छ । परिचयपत्र विवरण संकलनमा व्यक्तिको नाम, थर, जन्म मिति, लिंग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दस औँलाको छाप, नागरिकता नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यक पर्छ । परिचयपत्र निर्माणका लागि नागरिकता, विवाह दर्ता, बसाइँसराइको कागजात सक्कल आवश्यक पर्छ ।

प्रकाशित : भाद्र ४, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?