हत्यामा संलग्न ९ पक्राउ

कान्तिपुर संवाददाता

भोजपुर — हत्या घटनामा संलग्न र घटना मिलाउन खोज्ने सहयोगी ६ गरी ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वर ओडारे टोलस्थित चम्पिरा भीरमा ०७४ माघ २७ मा मृत भेटिएका पूर्णबहादुर सुयलको हत्यामा संलग्न भनिएका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

घटनाका मुख्य अभियुक्त भनिएका मोहन रम्तेल र सहयोगी विष्णुृकुमार मिजार, मनकुमार मिजार, मनकुमारी रम्तेल, मीना मिजार, हरिबहादुर लम्साल र सन्तोष मिजारलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जनाए । घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना गुपचुप राख्न अभियुक्तबाट ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ ।

घटनामा आरोपी स्थानीय मनकुमार, सन्तोष र विष्णुले मीनालाई हत्याराबाट रकम दिलाउन सहयोग गरेको प्रहरीको भनाइ छ । मुख्य अभियुक्त रम्तेलबाट मृतककी पत्नीले २ लाख रुपैयाँ नगद लिएको डीएसपी मगरले बताए । आफनै पतिको हत्याराबाट लिएको रकम सदरमुकामस्थित एक सहकारी संस्थामा जम्मा गरेको खुलेको छ ।

सहकारीमा १ लाख ७० हजार जम्मा गरेको र बाँकी ३० हजारको भैंसी किनिदिएको भनी मृतककी आमाले बयान दिएपछि घटनाबारे खुलेको हो । यसैगरी खोटाङको केपिलासगढी १ फेदी बस्ने भैमाया राई (तामाङ) को हत्यामा संलग्न रहेको आरोपमा रमेश कार्की र भीमबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

उनीहरूले भैमायालाई खुकुरीको धारको उल्टो भागबाट प्रहार गरी घाइते बनाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । उनको साथबाट नगद १८ हजार ५५ रुपैयाँ र नाकमा लगाएको सुनको नथ्थीसमेत लुटिएको थियो । भैमाया साउन ८ मा धोद्रे खोल्सी किनारमा मृत फेला परेकी थिइन् ।

प्रकाशित : भाद्र ३, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

लोकन्थलीमा सडक भासियो, ७ घर जोखिममा 

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुरको मध्यपुर थिमी नगरपालिका लोकन्थलीमा सडक भासिदा ७ घर जोखिममा परेका छन् । सोमबार रातिको वर्षाले सडक भाँसिदा बाटो, ढल र खानेपानी अवरुद्ध भएको छ ।

सडक क्षति भएका कारण करिब एक सय परिवारलाई आउजाउ गर्न समस्या भएको छ।
थप क्षति नियन्त्रणका लागि जोखिमयुक्त क्षेत्रमा तत्काल संरक्षणका उपाय थालिनु पर्ने स्थानीयले माग गरेका छन्।

प्रकाशित : भाद्र ३, २०७६ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्