२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

फुसको छानो हटाउन जस्ता वितरण

धनकुटा — धनकुटा नगरपालिकाले नगर क्षेत्रमा फुसको छानो मुक्त गर्ने अभियान अन्तर्गत सोमबार १ करोड १४ लाख रुपैयाँ बराबरको रंगीन जस्ता पाता निःशुल्क रुपमा वितरण गरेको छ ।

फुसको छानो हटाउन जस्ता वितरण

१० वटा वडा रहेको नगरका सबै वडाका २ सय १ घरका लागि जस्ता वितरण गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए । आवास सहुलियत साझेदारी कार्यक्रम अन्तर्गत जस्ता पाता वितरण गरिएको उनले बताए । नगरपालिकाले सबैभन्दा बढी वडा नम्बर ८ मा ६२ र वडा नम्बर ६ मा ८ घरमा जस्ता वितरण गरिएको जनाएको छ । सोमबार कुल ७ हजार ५ सय जस्ता वितरण गरिएको छ ।


अघिल्लो वर्ष पनि नगर क्षेत्रका ६८ घरमा ५२ लाखको जस्ता पाता वितरण गरिएको थियो । गत वर्ष ३ हजार ६ सय ११ थान वितरण गरिएको थियो ।


नगरपालिकाले जस्ता पाता वितरण गर्ने र सम्बन्धित व्यक्तिले छानो छाउने कार्यमा खर्च गर्नुपर्ने भएकोले साझेदारी अवधारणा बनाइएको इन्जिनियर मिङ्मा शेर्पाले बताए ।

प्रकाशित : भाद्र २, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?