फुसको छानो हटाउन जस्ता वितरण

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिकाले नगर क्षेत्रमा फुसको छानो मुक्त गर्ने अभियान अन्तर्गत सोमबार १ करोड १४ लाख रुपैयाँ बराबरको रंगीन जस्ता पाता निःशुल्क रुपमा वितरण गरेको छ ।

१० वटा वडा रहेको नगरका सबै वडाका २ सय १ घरका लागि जस्ता वितरण गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए । आवास सहुलियत साझेदारी कार्यक्रम अन्तर्गत जस्ता पाता वितरण गरिएको उनले बताए । नगरपालिकाले सबैभन्दा बढी वडा नम्बर ८ मा ६२ र वडा नम्बर ६ मा ८ घरमा जस्ता वितरण गरिएको जनाएको छ । सोमबार कुल ७ हजार ५ सय जस्ता वितरण गरिएको छ ।

अघिल्लो वर्ष पनि नगर क्षेत्रका ६८ घरमा ५२ लाखको जस्ता पाता वितरण गरिएको थियो । गत वर्ष ३ हजार ६ सय ११ थान वितरण गरिएको थियो ।

नगरपालिकाले जस्ता पाता वितरण गर्ने र सम्बन्धित व्यक्तिले छानो छाउने कार्यमा खर्च गर्नुपर्ने भएकोले साझेदारी अवधारणा बनाइएको इन्जिनियर मिङ्मा शेर्पाले बताए ।

प्रकाशित : भाद्र २, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्

एनआरएन मलेसियाको अध्यक्षमा भट्टराई 

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआरएन मलेसियाको अध्यक्षमा हरि भट्टराई सर्वसम्मत चयन भएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षमा क्रमश: सुन्दर आले र ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्षमा सुभद्रा लिंङ्देन, महासचिवमा हेमराज सापकोटा, सचिवमा रन्जित क्षेत्री र नेत्र केसी, कोषाध्यक्षमा कृष्ण नेपाल, युवा संयोजकमा रबिलाल अधिकारी सर्वसम्त रुपमा चयन भएका छन् । 

अध्यक्ष पदमा चुनिएसँगै भट्टराईले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन्। उनले मलेसियामा कार्यरत श्रमिकहरुलाई लक्षित गरी श्रमिक कल्याणकारी कोषको स्थापना गर्ने, संघको आफ्नै कार्यालय स्थापना, कार्यविधि निर्माण गर्ने ,मलेसियमा कार्यरत संघ/संस्थाहरुसँग सहकार्य गर्ने, संगठन बिस्तार, संस्थाका गतिविधिका बारेमा जानकारी दिने, अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने लगायत छन्।

यस्तै अध्यक्ष भट्टराईले नेपाल र मलेसियाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने काम गर्ने, भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाएका छन्।

प्रकाशित : भाद्र २, २०७६ १५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्