कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चन्द समूहका जिल्ला इन्चार्जसहित ५ पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — नेत्रविक्रम चन्द समूहका ताप्लेजुङ, पाँचथर इन्चार्जसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दमकबाट पक्राउ गरिएको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

ताप्लेजुङ इन्चार्ज सागर लिम्बु, पाँचथर इन्चार्ज तथा मेची ब्यूरो सदस्य राजु दास, मेची ब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य योगेश लिम्बु र जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) मेची, कोसी संयोजक गणेश कार्कीलाई पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए ।


प्रदेश १ प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले दमक नगरपालिका ६ को न्यु कञ्चन होटेलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापामा राखिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र १, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?