३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

डुबेर ४ को मृत्यु

विराटनगर — प्रदेश १ का विभिन्न जिल्लामा शनिबार पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ । मोरङको रतुवामाई–७ सिजुवाका शिव मुखियाको १० वर्षीय छोरा आकाश मुखियाको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

डुबेर ४ को मृत्यु

यसैगरी झापाको बिर्तामोड–३ विराटपोखरका रोशन बेसराको २ वर्षीय छोरा अजित बेसराको पनि खोलामा डुबेर मृत्यु भएको छ । शनिबार अपरान्ह पौने ४ बजेको समयमा खेल्ने क्रममा घर नजिकै रहेको अदुवा खोलामा डुबेर उनको मृत्यु भएको हो ।


यस्तै सुनसरीको इटहरी–६ का ४० वर्षीय मोहन भट्टराईको खेती खोलामा डुबेर मृत्यु भएको छ । खोलामा गएका भट्टाराई डुबेको अवस्थामा स्थानियले भेटेका थिए । सुनसरीकै रामधुनि नगरपालिका–६ इचोलका अन्दाजी ५० वर्षका सरिलाल राजधामी घर नजिकै रहेको पोखरीमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?