३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बलात्कार आरोपी पक्राउ 

खोटाङ — छुट्टाछुट्टै बलात्कारका घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकामा एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय उपेन्द्र राईले  पक्राउ गरेको हो ।

बलात्कार आरोपी पक्राउ 

उनी विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ ।


त्यस्तै केपिलासगढी गाउँपालिकामा हाडनाताकरणीमा एक जना पक्राउ परेका छन् । उनलाई साउन २ गते पक्राउ गरी साउन २१ गते पुर्पक्षका लागि कारागार पठाइएको छ ।


त्यसैगरी केपिलासगढी गाउँपालिकामै एक वृद्धालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन् । साउन १३ गते ६३ वर्षीया ती वृद्धालाई बलात्कार गर्ने किशोरलाई साउन १७ गते पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।

प्रकाशित : भाद्र १, २०७६ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?