बालिका बलात्कार आरोपमा युवक पक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुरबाट बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्र बहादुर विकलाई अरुण गाउँपालिका–७ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।


विकले गएको साउन २८ गते राति जनश्रम प्राथामिक विद्यालय जरायोटारमा लगेर बालिकालाई बलात्कार गरेको आरोप लागेको छ।

विकले बालिकालाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

बालिकाको जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परीक्षण गरिएको छ। पक्राउ परेका विकमाथि जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

बहुविवाह गर्ने दुई जोडी पक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — बहुविवाह गरेको आरोपमा भोजपुरमा दुई जोडीलाई प्रहरीले पक्राउ गरेको छ । अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टंक विक र उनकी कान्छी श्रीमती १९ वर्षीय बसन्ती विकलाई प्रहरीले पक्राउ गरेको हो । 


टंककी जेठी श्रीमती अमृताको जाहेरीपछि झापाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका ३३ वर्षीय खगेन्द्र विक र उनकी कान्छी श्रीमती २६ वर्षीय हिमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवकुमार राजवंशीले जानकारी दिए।

प्रहरीले उनीहरुलाई जेठी श्रीमती मीना बराइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित : श्रावण २३, २०७६ १५:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्