२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

राजनीतिक नेतृत्व नबद्लिँदा संघीयताको रथ चलेन : मुख्यमन्त्री राई 

डिल्लीराम खतिवडा

उदयपुर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको भावना र मर्मअनुसार कर्मचारीसँगै राजनीतिक नेतृत्व नबद्लिँदा जनअपेक्षाअनुसार संघीयताको रथ चल्न नसकेको बताएका छन् । 

राजनीतिक नेतृत्व नबद्लिँदा संघीयताको रथ चलेन : मुख्यमन्त्री राई 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) एक नम्बर प्रदेश कमिटीको प्रथम अधिवेशनलाई बिहीबार सदरमुकाम गाइघाटमा सम्बोधनका क्रममा मुख्यमन्त्री राईले राजनीतिक नेतृत्वमा पुरानै मानसिकता रहेको उल्लेख गर्दै ब्यूरोक्रेसीमा त झनै ठूलो समस्या रहेको बताए । पुरानै मनस्थितिमा धेरै मानिस चल्न खोजिरहेकाले संवैधानिक अधिकार प्रयोग र अभ्यास गर्न समस्या भइरहेको उनको भनाइ थियो ।


प्रदेश सरकारले गुन्द्री र पिरा (पिर्का) मा बसेर काम थाल्नु परेको र लगभग आधा बढी समय आवश्यक संरचना खोजी, तयार गर्नमा बितेको भन्दै मुख्यमन्त्री राईले पछिल्लो ५/७ महिना राम्रोसँग काम गर्न पाएको बताए ।


प्रकाशित : श्रावण ३०, २०७६ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?