प्रदेश १ का मन्त्री घिमिरे भन्छन्, 'डेंगु नियन्त्रण गर्न सकेनौं'

प्रदेश १ मा डेंगुका ३ हजार १ सय ५२ बिरामी
देवनारायण साह

(मोरङ) — प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले डेंगु नियन्त्रणका लागि प्रत्येक परिवारलाई जिम्मेवार बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । प्रदेशसभा बैठकमा बुधबार मन्त्री घिमिरेले डेंगुबाट प्रदेश १ सबभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै सरकारको अभियानबाट नियन्त्रण गर्न कठिन भइरहेको बताए ।

ZenTravel

‘डेंगु नियन्त्रणका लागि अब प्रत्येक परिवारलाई जिम्मेबार बनाएर अघि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘प्रत्येक स्कुल र क्याम्पसका विद्यार्थीहरुलाई डेंगु नियन्त्रणबारे चेतना जगाएर परिवारमा अभियान सञ्चालनको तयारी गरेका छौं ।’

Meroghar

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रोग नियन्त्रण महाशाखा, प्रदेश १ का सामाजिक विकास मन्त्रालय डेंगु नियन्त्रणका लागि अभियान चलाइरहे पनि नियन्त्रणमा आउन नसकेको उनको भनाइ थियो । डेंगु नियन्त्रणका लागि फगिङ्ग, लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने र जनचेतना अभिवृद्धि, बिरामीलाई निःशुल्क उपचार गराउँदै आएको घिमिरेले बताए । डेंगु न्यूनीकरण भने भइरहेको उनले दाबी गरे ।

डेंगु रोग परीक्षणका लागि किटको प्रयोग महँगो भएकोले परम्परागत तरिकाले रगत जाँच गरी उपचार गर्ने तरिका अपनाउन थालेको घिमिरेले संसदलाई जानकारी गराए । पाँचथर, संखुवासभा, ताप्लेजुङ, इलाम, धनकुटा, उदयपुर, भोजपुर, सुनसरी, मोरङ र झापामा गरी ३ हजार १ सय ५२ जनामा डेंगु देखिएको मन्त्री घिमिरेले बताए ।

प्रकाशित : श्रावण २९, २०७६ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कतारमा पतिको मृत्युपछि गर्भवती पत्नीद्वारा आत्महत्या

कान्तिपुर संवाददाता

धनकुटा — रोजगारीका लागि कतारमा रहेका पतिको पौडी खेल्ने क्रममा समुद्रको छालले बगाएर ज्यान गएको खबर आएपछि ७ महिनाकी गर्भवती पत्नीले आत्महत्या गरेकी छन् । 

गत आइतबार इदको बिदा थियो । धनकुटाको साँगुरीगढी–३ का ३३ वर्षीय ललितबहादुर लिम्बू बिदा उपयोग गर्दै अलखेर समुद्र किनारमा पौडी खेल्न गएका थिए । उनको त्यहाँ मृत्यु भएको धनकुटा सेवा समाज कतारका महासचिव रविन मगरले बताए । १३ जना साथीसँगै पौडी खेल्ने क्रममा तीन जनालाई छालले बगाएको थियो । दुईजना सकुशल बाहिर आउन सफल भएका थिए ।

घटनाको एक घण्टापछि प्रहरीले उद्धार गरे पनि अस्पताल पुर्‍याउँदा लिम्बूको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए । साथमा रहेका साथीहरूलाई प्रहरीले सोधपुछ गरेर राति ८ बजे छाडेको समाजले जारी गरेको विज्ञप्तिमा छ ।

लिम्बू समाजका निवर्तमान अध्यक्ष थिए । उक्त घटना फोनबाट जानकारी पाएपछि मोरङको सुन्दरहरैचा–५ सिद्धार्थ टोल बस्दै आएकी पत्नी ३१ वर्षीया टीकाकुमारी थापा लिम्बूले आत्महत्या गरेको प्रहरीले जनाएको छ । सात महिनाको गर्भवती उनले सोमबार साँझ ६ बजे बाथरुममा झुन्डिएर आत्महत्या गरेकी हुन् । पतिको मृत्यु भएको खबरपछि विक्षिप्त बनेकी उनले नुहाउन भनेर बाथरुम पसेर आत्महत्या गरेको ससुरा हर्कराज लिम्बूले बताए ।

बाथरुममा पसेर टीकामायाले पोखरामा रहेका भाइलाई मोबाइलमा आफूले आत्महत्या गर्ने म्यासेज पठाएकी थिइन् । भाइले तत्काल प्रहरी र आफन्तलाई खबर गरेका थिए । बाथरुमको ढोका फुटाएर हेर्दा उनको मृत्यु भइसकेको पाइएको हर्कराजले बताए । छोराबुहारीको मृत्युले ७० वर्षीय हर्कराज र ५९ वर्षीया हर्करानी शोकाकुल छन् ।

प्रकाशित : श्रावण २९, २०७६ १८:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×