कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्यान लिन आउजाउमै २ दिन

आनन्द गौतम

ताप्लेजुङ — जिल्लाका नागरिकले प्यान लिन कम्तीमा दुई दिन समय लगाउनुपर्ने भएको छ । त्यो पनि गाडीमा यात्रा गरेर । जिल्लामै कार्यालय नहुँदा ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दा पाँचथर सदरमुकाम फिदिम जान बाध्य भएका हुन् । सदरमुकाम वाहिरका नागरिकलाई त कतिदिन लाग्ने पत्तो छैन ।

बाल मन्दिर आधारभूत विद्यालयमा शिक्षक धर्मप्रसाद पौड्याल यातायातको पहुँच नभए दुई दिनमा पनि मुस्किल भएको बताउँछन् । ‘सदरमुकाम फुङलिङवाट बिहानै गएर फटाफट काम भए मात्रै बेलुका फर्कन सम्भव हुन्छ,’ पौड्यालले भने, ‘छिनभरमात्रै ढिला भए गाडी पाइँदैन र फर्कन भ्याइँदैन, रातै उतै (फिदिममा) बसेर भोलिपल्ट मात्रै फर्कनुपर्छ ।’

ताप्लेजुङबाट गाडीमा जान र फर्किन गरी गाडिमा कम्तिमा ६ घण्टा लाग्छ । बाक्लैगरी गाडि नचल्ने भएकाले आफ्नो समय अनुसार गाडि पाइदैन । ग्रामीण क्षेत्रवाट आउनेहरूका लागि दुई दिनमा पनि कुनै सम्भावना नभएको पौड्याल बताउँछन् । ब्यवसायिका लागि भने उद्योग बाणिज्य संघ ताप्लेजुङले सहजीकरण गरेको छ । तर त्यो वापत बाणिज्य संघलाई ब्यवसायिले शुल्क बुझाउनु पर्छ ।

‘हामिले सहयोग गरेवापत केही शुल्क लिने गरेका छौं,’ बाणिज्य संघका अधिकृत भिष्मराज वरालले भने, ‘ब्यक्तिगत प्यानका लागि हामिवाट सम्भव छैन ।’ ब्यवसायिले स्थानिय तहमा दर्ता प्रमाणपत्र, ब्यवसाय गर्ने घरको धनिपूर्जा, तीनपुस्ते खुलेको नागरिकताको प्रमाणपत्र बुझाएपछि बाणिज्य संघले समन्वय गर्ने बराल बताउँछन ।

तलव वा पारिश्रमिक लिने हरेकका लागि प्यान अनिवार्य गरेपछि यतिवेला नागरिकहरू फिदिम धाइरहेका छन । फिदिम कर कार्यालयका अधिकृत किरण लिम्बूका अनुसार प्यानकालागि दैनिक ठुलै भिड लाग्ने गरेको छ । ‘दैनिक कम्तिमा पचास, सय जना आइरहनु भएको छ कहिले हात्तै धेरै हुन्छ, कहिले थोरै पनि हुन्छन,’ लिम्वूले भने, ‘थोरै कर्मचारी भएकाले हामिलाई कार्यालयमै भ्याइनभ्याइ हुन्छ ।’

कर्मचारी पर्याप्त नभएकाले जिल्ला वा गाउँटोलमा घुम्ति शेवा प्रवाहगर्न सक्ने अवस्था नरहेको लिम्वूले बताए । एकैजनाले धेरै जनाको नम्वर लिएर जानसक्ने ब्यवस्था चाँही रहेको लिम्वू वताउँछन ।

‘अनलाइन फर्म रहेको छ, त्यसलाई भरेर एकै जनाले धेरै जनाको लिएर आएर प्रमाणीकरण गरेर लानचाँही सक्नुहुन्छ,’ उनले भने, ‘हामिले त्यो सुविधा प्रदान गरेका छौं ।’ सक्कल वमोजिम नक्कल ठिक छ भनी सम्वन्धित ब्यक्तिले दस्तखत गरेको नागरिकताको फोटोकपी, एकप्रति पासपोर्ट साइजको फोटो र आफू कार्यरत कार्यालयले प्यान नम्वर उपलब्ध गराउन गरेको सिफारिस भए प्यान नम्वर प्राप्त गर्न सकिने प्रावधान छ ।

कार्यालयमै जानेलाई भने कार्यालयले फर्म उपलब्ध गराउने गरेको छ । भरेर बुझाएपछि नम्वर सहितको कार्ड प्राप्त हुन्छ । तेहृथुमको म्याङलुङ पुग्न टाढा भएकाले आठराइ क्षेत्रका बासिन्दापनि फिदिम आउँछनभने ताप्लेजुङ र पाँचथरको सबै स्थानिय तहका नागरिक फिदिम जानुपर्छ । शिक्षक, कर्मचारी, ब्यवसायि अहिले दिनहुँजसो नम्वर लिन फिदिम धाइरहेको बताउँछन ।

प्रकाशित : श्रावण २९, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?