१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

होटल व्यवसायमा लगानी बढ्दै

कान्तिपुर संवाददाता

तेह्रथुम — मध्यपहाडी लोकमार्ग वरपर सुविधासम्पन्न होटल र लजमा स्थानीयले लगानी बढाएका छन्  । राष्ट्रिय गौरवको आयोजना भएकाले कालान्तरमा पर्यटक र ग्राहकको चाप बढ्ने सोचेर व्यवसायीले लगानी बढाएका हुन्  ।

लोकमार्गको करिव १ सय ३५ किलोमिटर खण्ड तेह्रथुममा पर्छ । लोकमार्ग निर्माणसँगै दायाँबायाँ साना ठूला होटल, पसल, लज, रिसोर्ट खोल्ने क्रम सुरु भएको मध्यपहाडी लोकमार्ग आयोजना पुर्वी खण्डका इन्जिनियर सुरेश तुम्बाम्फेले बताए । लोकमार्ग निर्माणसँगै ठाउँ ठाउँमा ग्रामीण बजारको विस्तार हुने र व्यवसाय गर्नेको संख्या बढिरहेको छ ।

लोकमार्गले छोएका विभिन्न ठाउँमा साना बजार विस्तार भएर व्यापार गर्नेको भीड बढिरहेको आठराई गाउँपालिका चुहानडाँडाका नरप्रसाद मैनालीले बताए ।

सडकका कारण होटल र पसल खुल्ने क्रम बढेको फेदाप गाउँपालिकाका अध्यक्ष हरीप्रसाद चोङबाङले बताए । जसले दुर्गममा आर्थिक गतिविधिसमेत बढाएको छ । मध्यपहाडी लोकमार्ग आउने भएपछि लालीगुराँस नगरपालिका वसन्तपुरका पेम्बाछिरिीङ भोटियाले ५ करोड रुपैयाँ लगानी गरेर सुविधा सम्पन्न होटल संचालनमा ल्याएका छन् ।

लोकमार्ग सदरमुकाम म्याङलुङ छोएर आउने भएपछि म्याङलुङको ब्लू हेवन होटलका संचालक रोमभगत प्रधानाङघले पहिलेको होटल भत्काएर सुविधा सम्पन्न होटल निर्माण गरीरहेका छन् ।

सडक निर्माणसँगै होटल व्यवसायको भविष्य राम्रो देखेर खोरुङगा खोला किनारमा स्थानीय बमवहादुर र दुर्गा लिम्बू दाजुभाइले १ करोड रुपैंया लगानीमा लजसहितको रिसोर्ट संचालनमा ल्याएका छन् । लालीगुराँस नगरपालिका सुङनामका धर्मराज खडकाले पनि स्थानीय कालापानी क्षेत्रमा ३ करोड रुपैयाँको लगानीमा ब्लक वाटर रिसोर्ट सञ्चालनमा ल्याएका छन् ।

प्रकाशित : श्रावण २९, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?