दुई दिनमा तीन महिलाको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — लडेर र खोलाले बगाएर दुई दिनमा तीन महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सिरिजंघा-४ तेल्लोक, आठराइ त्रिबेणी गाउँपालिका-३ हाङपाङ र पाथीभरा याङवरक गाउँपालिका-१ थुम्वेदिनमा मृत्यू भएको हो । 

तेल्लोक निवासी ४७ वर्षीया सिता भट्टराई छिमेकी पूर्ण पराको घरमा घिउ पुर्‍याउन गएर फर्कने क्रममा नागदेव खोलाले बगाउँदा मृत्यु भएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले बताए । साँझ अवेरसम्मपनि घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई खोला किनारमा मृत भेटिएको थियो । हाङपाङ मिचिरिङको गोरेटो बाटोमा हिँड्ने क्रममा लडेर घाइते भएकी बन्दिका आङबुहाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


घाइते अवस्थामा फेला परेकी उनलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लगिएको थियो । यता, थुम्वेदिनको मित्तेला कुवामा पानी भर्नगएकी ६७ वर्षीय भरिमाया भण्डारीको पनि लडेर मृत्यु भएको छ । लडेर बेहोस अवस्थामा भेटिएकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तीनै जनाको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले बताए

प्रकाशित : श्रावण २७, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?