१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

४२ हजार नक्कली नोटसहित पक्राउ

कान्तिपुर संवाददाता

उदयपुर — नेपाली ४२ हजार नक्कली नोटसहित बुधबार चौदण्डीगढी नगरपालिका ५ सिवाईबाट एक किशोर पक्राउ परेका छन् ।

४२ हजार नक्कली नोटसहित पक्राउ

सिवाई बजारको एक पसलमा मोबाइल रिर्चाज र अन्य वस्तु खरिद गर्ने क्रममा नक्कली भएको शंका लागेपछि स्थानीय १६ वर्षीय मोहम्द अनिल मियाँ पक्राउ परेका हुन् । पसलले नोट नक्कली भएको शंका लागेर प्रहरीलाई खबर गरेको थियो ।


प्रहरीले नोटको कारोबार गरिरहेको अवस्थामा अनिललाई पक्राउ गरेको हो । किशोरले हजार रुपैयाँका विभिन्न वस्तु खरिद गरेको, दुई हजारको दुईटा नोट नक्कली भन्दै आफैंले च्यातेको र घरमा लुकाएर राखेको हजार दरका ३९ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको इलाक प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।


४२ हजार नक्कली नोटसहित पक्राउ परेका मियालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । इलाक प्रहरी कार्यालय सुन्दरपुरदेखि करिब ५ सय मिटरको दूरीमा घर भएका मिया मंगलबार मात्रै सप्तरीमा रहेका आफन्तको घरबाट आएका थिए । उनका काकाका छोरा दाजुसँग भेटेर आएपछि नक्कली नोटको कारोबार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २२, २०७६ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?