कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन थालियो

कान्तिपुर संवाददाता

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन थालेको छ । मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर बनाइएका संरचनाहरु नगरपालिकाले सोमबारदेखि भत्काउन सुरु गरेको हो ।

मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन थालियो

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालका अनुसार अल्छेढुगांस्थित टेकबहादुर मुग्राती, किरात चौक नजिक डिल्लीबहादुर कार्की, सुरेश कार्की लगायतको टहरा पहिलो चरणमा भत्काइएको छ । अब दोस्रो चरण अन्तर्गत मापदण्ड मिचेर बनाइएका पक्की घरहरु भत्काइने ढकालले जानकारी दिए ।


‘मापदण्ड अनुसार सबैको घर टहरा भत्किनुपर्छ ’ अल्छेढुङ्गास्थित टेकबहादुर मुग्रातीले भने,‘आफन्त र विचारको आधारमा भत्काइयो भने दुर्भाग्य हुनेछ ।’ उनले भने,‘जनप्रतिनिधिहरु भनेको अभिभावक हुन्, त्यसैले अभिभावकको भूमिका निर्वाह गर्न जान्नु पर्छ ।’

प्रकाशित : श्रावण २०, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?