कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धरानमा डेंगु नियन्त्रण हुन सकेन

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा डेंगु देखिएको तीन महिना बितिसक्दा पनि नियन्त्रण हुन सकेको छैन । हालसम्म ४ हजार जनामा डेंगुको संक्रमण देखिएको छ । साउन महिनामात्रै करिब ७ सय २० जना डेंगु संक्रमित बिरामी थपिएका छन् । धरानका प्रत्येक घरमा डेंगुका बिरामी भेटिनेक्रम रोकिएको छैन । कतिपय घरमा ७ जनासम्म संक्रमित भेटिएका छन् ।

धरानमा डेंगु नियन्त्रण हुन सकेन

स्थानीय निजी प्रयोगशालामा डेंगुको परीक्षण गराउँदा डेंगु संक्रमित धेरै मानिसहरू अस्पताल नगइ घरमै बसेको कारणले धरानमा अझ धेरै संक्रमित हुन सक्ने बताइएको छ । एउटै सहरमा ४ हजार जना संक्रमित भएपछि प्रदेशसभाले धरानलाई डेंगु संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।


धरान उपमहानगरपालिकाले डेंग नियन्त्रणका लागि ३० लाख खर्च गरिसकेको छ । डेंगुको प्रकोप घट्नुको सट्टा बढेको बढ्यै छ । अहिले दैनिक रूपमा २५ जनासम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न पुग्ने गरेका छन् । अरू निजी क्लिनिक र अस्पतालमा जानेको संख्या झन् बढी छ ।

प्रकाशित : श्रावण २०, २०७६ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?