२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

वडाध्यक्षको निधन

एलिसा श्रेष्ठ

भोजपुर — जिल्लाको पौवादुङमा गाउँपालिका १ श्यामशिलाका वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । निमोनियाबाट पीडित ७२ वर्षीय पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले बताए । 

वडाध्यक्षको निधन

पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको थियो । वडा सदस्य सुवेदीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउन साथ पाण्डेको निधन भएको थियो ।


वडाध्यक्ष पाण्डेको निधनमा दु:ख व्यक्त गर्दै गाउँपालिकालाई अपुरणीय क्षति पुगेको अध्यक्ष किरण राईले बताए ।


प्रकाशित : श्रावण १९, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?