कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — प्रहरीले हतुवागढी गाउँपालिका- २ का एक युवकलाई आमचोक गाउँपालिका-६ की ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । 

गएको साउन १५ गते घर नजिकै रहेको जंगलमा बालिका गोठालो गएको मौका पारेर युवकले बलात्कार गरेका थिए । बलात्कार गर्ने युवकको परिचय खुलाइएको छैन ।


बालिकाले घटनाबारेमा भोलिपल्ट मात्र आमालाई बताएकी थिइन् । त्यसपछि बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालयमा भोजपुरमा उजुरी दिएका थिए ।


पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । अरोपी युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७६ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?