कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लागूपदार्थसहित ३ युवा पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — लागूपदार्थ ओसार पसारमा संलग्न भएको आरोपमा प्रहरीले धरानबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका १७ बस्ने २६ वर्षीय दनि राई, धरान–२ का ३० वर्षीय सनम शाक्य र धरान–८ का ३६ वर्षीय अभिषेश तामाङ रहेका छन् । 

लागूपदार्थसहित ३ युवा पक्राउ

पक्राउ परेकाहरु मध्ये राईलाई धरान १३ स्थित सुम्निमा चोक बिहीबार बिहान एक्लै हिडिरहेको बेला पक्राउ गरिएको हो । गस्तीमा रहेको प्रहरीलाई शंका लागेर खानतलासी गर्दा उनको गोजीबाट लुपिजेसिक १० एम्पुल, एभिल १० एम्पुल र डाइजेलाभ १० एम्पुल बरामद भएको थियो ।


यसैगरी प्रहरीले धरान प्रवेश गर्ने मुख्य नाका तीनकुनेबाट शाक्य र तामाङलाई पक्राउ गरेको थियो । इटहरीबाट धरान आउने सार्वजनिक बस चढेर आएका शाक्य र तामाङको साथबाट लुपिजेसिक ८१ एम्पुल, एभिल ८१ एम्पुल, डाईजेलाभ ८१ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।


सार्वजनिक बस चेकचाँज गर्दा उनीहरुले बोकेको झोलाको भित्री भागको गोजी पनि सिलाएर बन्द गरेको अवस्थामा ती लागूपदार्थ फेला पारेको प्रहरीले जनाएको छ । तीनैजनाको गरी जम्मा २ सय ४३ एम्पुल लागूपदार्थ बरामद भएकाले उनीहरुलाई थप अनुसन्धान गर्न बिहीबार नै जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धानकालागि हिरासतमा राखिएको छ ।

प्रकाशित : श्रावण १६, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?