कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भोजपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुरमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका-६ बैकुण्ठेका प्रकाश थापाको ४ वर्षे छोरा प्रमिश थापाको पोखरीमा डुबेर ज्यान गएको हो ।

सोमबार साँझ करिव ६ बजे गाईवस्तुलाई पानी खुवाउनको लागि बनाएको पोखरीमा डुबेर बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । साँझको समयमा साथीहरुसँग खेल्न जाँदा उक्त पोखरीमा डुबेको प्रहरीले जनाएको छ ।


मृतक बालकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

प्रकाशित : श्रावण १४, २०७६ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?