उपचारका लागि आर्थिक सहयोग

कान्तिपुर संवाददाता

खोटाङ — आगोमा परेर सख्त घाइते बालकलाई तरुण दल खोटाङले आर्थिक सहयोग गरेको छ । साउन ३ गते आगोमा परेर घाइते भएका केपिलासगढी गाउँपालिका–४ का असारमान राईका ५ महिनाका छोरा प्रवीण राईलाई तरुण दलले एक लाख भन्दा बढी आर्थिक सहयोग गरेको हो ।

आगोमा परेर घाइते बालकको उपचार खर्च नभएपछि एक लाख १३ हजार तीन सय ६५ रुपैयाँ सहयोग गरेको तरुण दल खोटाङका अध्यक्ष भीषण राईले बताए ।


बालकको दिक्तेल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पताल पठाइएको छ । उपचार खर्च नभएपछि घर फर्काउन लागिएको बालकको उपचारका लागि सहयोग जुटाइएको अध्यक्ष राईले सुनाए ।


कान्ति बाल अस्पतालमा उपचार गराउँदा लागेको खर्च समेत व्यवस्था मिलाइएको अध्यक्ष राईले सुनाए ।

प्रकाशित : श्रावण १२, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?