यातनाविरुद्ध आयोगमा उजुरी

कान्तिपुर संवाददाता

खोटाङ — लोकसेवा आयोगको परीक्षामा प्रश्नपत्र च्यातिएको प्रकरणमा पक्राउ परेका चारमध्ये दुईजनाले आफूहरूमाथि यातना दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा शुक्रबार उजुरी दिएका छन् । शनिबार दिक्तेल बहुमुखी क्याम्पसमा लोकसेवा आयोगले सञ्चालन गरेको स्थानीय तह पाँचौं तहको परीक्षामा प्रश्नपत्र च्यात्ने रवीन खम्बु र एलबी मगरले पक्राउपछि यातना दिएको भन्दै उजुरी दिएका हुन् । 

आदिवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रवीन खम्बु र सहसचिव एलबी मगरले प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले नियन्त्रण लिएपछि प्रहरीलाई कुट्न निर्देशन दिएकाले उजुरी दिएको रविन खम्बुले बताए । प्रजिअ उपाध्यायले भने नियन्त्रणको बेला झडप भएको बताएका छन् ।



प्रकाशित : श्रावण १०, २०७६ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?