लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिने 

डिल्लीराम खतिवडा

उदयपुर — दुईसाता अघि बाढीपहिरोले क्षतिग्रस्त लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा आजदेखि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिने भएको छ । प्रदेश १ सरकारले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरी स्थानीयलाई राहात वितरण गर्ने लागेको हो ।

बाढीपहिरोले ग्रामीण सडक क्षतिग्रस्त भएपछि ती दुई गाउँपालिकामा ढुवानी गर्न नसक्दाँ खाद्यान्न अभाव हुँदै आएको छ। स्थानीय तहको आग्रहमा एक साताका लागि लिम्चुङबुङ र ताप्ली गाँउपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्य ढुवानी गर्न लागिएको प्रदेश सरकारले जनाएको छ। स्थानीय तहको आग्रहमा प्रदेश सरकारले चामल, दाल, नुन र तेल लगायतका खाद्यान्न राहात ढुवानी गरी वितरण गरिने छ।

प्रदेश सरकारको आग्रहमा संघीय सरकारले ढुवानीका लागि हेलिकोप्टर उपलब्ध गराउने भएको छ। दुई गाँउपालिकालागि १५ हजार ६२ किलोग चालम, १ हजार ५ सय ५ किलोग दाल, १ हजार ५ सय ५ किलो नुन र त्यति नै परिणाममा तेल आवश्यक रहेको जिल्ला विपत व्यावस्थापन समितिले सिफारिस गरेको थियो।

संघीय सरकारले ढुवानीका लागि हेलिकोप्टरको व्यवस्था गर्ने र आवश्य खाद्यान्न प्रदेश सरकारले खरिद गरी उपलब्ध गराउने प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए।

प्रकाशित : श्रावण ९, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

बाढीपहिरोले सडक अवरुद्ध 

डिल्लीराम खतिवडा

उदयपुर — लगातारको बर्षातसँगै आएको बाढीपहिरोले उदयपुरका अधिका‌ंश सडक अवरुद्ध भएका छन् । असार अन्तिम साताको पहिरोले अवरुद्ध सिद्धिचरण राजर्माग दुईसाता हुदाँ पनि खुलेको छैन ।

कटारी नगरपालिका – ११ ठाँटीमा पहिरो गएपछि अवरुद्ध सडक खोल्न विकल्पमा ५ सय मिटर लामो नयाँ ट्रायक खोल्ने कार्य भइरहे पनि काम सम्पन्न नभएको डिभिजन सडक कार्यालय लाहानका फ्रमुख विनोदकुमार साहले बताए।

त्यसैगरि खोटाङ जिल्ला सदरमुका दिक्तेललाई तराइसँग जोड्ने सगरमाथा राजर्माग पनि दुई सातादेखि अवरुद्ध छ। उदयपुरको रौतामाई गाँउपालिकाको विभिन्न स्थानमा गएको पहिरो हटाउन नसक्दाँ अवरोध झएको गाईघाट दिक्तेल सडक आयोजनाले जनाएको छ।

यस्तै निर्माणाधीन मदन भण्डारी लोकर्मागको गाईघाट वेल्टार सडक खण्ड अर्न्तगत चौदण्डीगढी नगरपालिका – १० भातिर्खक क्षेत्रमा पहिरोसँगै सडकमा ठूला रुख खसेर अवरुद्ध भएको इलाका प्रहरी कार्यालय वेल्टारले जनाएको छ। अविरल वर्षासँगै बुधबार राति पहिरो जादाँ सडक अवरुद्ध भएको हो।

बाढीपहिरोको कारण पुगेको क्षतिको विवरण संकल गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित : श्रावण ९, २०७६ ०९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्