२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

निर्माणाधिन मन्दिरको छत भत्किएर किच्दा २ कामदारको मृत्यु

ज्ञानु घिमिरे

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिका-७ मा निर्माणाधिन मन्दिरको छत भत्किएर लाग्दा सोमबार बिहान दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

निर्माणाधिन मन्दिरको छत भत्किएर किच्दा २ कामदारको मृत्यु

हिलिहाङ-७ मा निर्माणाधीन यलम्बर पार्क भित्र रहेको मन्दिरको छत टेका खुस्काउने क्रममा झरेको हो । २० दिन अघि मात्रै डलान गरिएको छत निरन्तरको वर्षाका कारण पूर्ण रुपमा 'सेट' नहुँदै झिकिएकोले छत झरेको अनुमान प्रहरीले गरेको छ ।


उक्त घटनामा स्थानीय ५१ वर्षीय रुद्र राई र ५० वर्षीय जगत राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।


घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण ६, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?