कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा मेडिकल कलेज खोल्ने प्रदेश सरकारको तयारी

साढे १६ करोड विनियोजन
रमेशचन्द्र अधिकारी

(धनकुटा) — धनकुटामा मेडिकल कलेज खुल्ने भएको छ । कलेज सञ्चालनका लागि प्रदेश एक सरकारबाट साढे १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

धनकुटामा मेडिकल कलेज खोल्ने प्रदेश सरकारको तयारी

पहिलो चरणमा साढे ४ करोड विनियोजन गरिएपनि पुनः अन्य बजेट थप गरिएको प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वोले जानकारी दिए । हावापानी र भौगोलिक रुपमा केन्द्रीय भागमा रहेकोले धनकुटामा मेडिकल कलेज स्थापना उपयुक्त रहेको मन्त्री आङ्वोको दाबी छ । बजेट विनियोजन भइसकेकोले अब जग्गा र भौतिक पूर्वाधारको व्यवस्थापन गरिने उनले बताए । बेलहारामा कालोपत्रे सडक शिलान्यासका क्रममा धनकुटा पुगेका मन्त्री आङ्वोले मेडिकल कलेजबारे जानकारी दिएका हुन् ।


कलेजका लागि विभिन्न स्थानमा जग्गा व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ । धनकुटा ७ चुलिबनस्थित नेपाल ट्रष्टको जग्गामा कलेजको भवन बनाउन उपयुक्त हुनसक्ने भन्दै अध्ययन भइरहेको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले बताए । हालको जिल्ला अस्पताललाई स्तरवृद्धि गरी तत्काल १ सय शैय्या थप गरी कम्तिमा ३ सय शैय्या बनाउन लागिएको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक टंकबहादुर चुवानले जानकारी दिए । मेडिकल कलेजका लागि ५ सय शैय्यासम्म विस्तार गरिने जनाइएको छ ।



प्रकाशित : श्रावण ६, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?