२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पक्राउ परेकी पत्रकार सहित चारै जना छुटे

खोटाङ — लोकसेवा आयोगको परीक्षामा प्रश्नपत्र च्यातिएको प्रकरणमा पक्राउ परेकी स्थानीय पत्रकार सविना परियार लगायत चारै जना आइतबार छुटेका छन् । शनिबार दिक्तेल बहुमुखी क्याम्पसमा लोकसेवा आयोगले सञ्चालन गरेको स्थानीय तह पाचौँ तहको परीक्षामा प्रश्नपत्र च्यात्ने रविन खम्बु, एलबी मगर लगायत चारै जना छुटेका हुन् । 

पक्राउ परेकी पत्रकार सहित चारै जना छुटे

शनिबार बिहान पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रविन खम्बु र सहसचिव एलबी मगर, दलित विकास मञ्च खोटाङका अध्यक्ष मिलन चाहार र स्थानीय रुपाकोट साप्ताहिककी सविना परियार छुटेका हुन् ।


पक्राउ पर्नेमध्ये रविन खम्बु र एलबी मगरले आफूहरुमाथि यातना दिइएको राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गुनासो गरेका थिए । उनीहरुले आफूहरुलाई पक्राउपछि प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायको निर्देशनमा यातना दिइएको बताएका छन् ।


आफूहरुमाथि यातना भएको गुनासोपछि राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङको टोली आइतबार बिहान प्रहरी हिरासतमा रहेकाहरुलाई भेट्न गएको थियो । पक्राउ परेका चारै जनालाई आइन्दा गल्ती नगर्ने गरी कागज गराएर छाडिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण ५, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?