१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लोकसेवाको परिक्षाको प्रश्नपत्र च्यात्नेलाई पक्राउपछि यातना दिइएको गुनासो

डम्बरसिं राई

खोटाङ — लोकसेवा आयोगको परिक्षामा प्रश्नपत्र च्यात्ने दुईजनाले पक्राउपछि आफूहरुमाथि यातना दिइएको गुनासो गरेका छन् । शनिबार दिक्तेल बहुमुखी क्याम्पसमा लोकसेवा आयोगले सञ्चालन गरेको पाँचौ तहको परीक्षामा प्रश्नपत्र च्यात्ने रवीन खम्बु र एलबी मगरले राष्ट्रिय मानवअधिकार समक्ष त्यस्तो गुनासो गरेका हुन् ।

लोकसेवाको परिक्षाको प्रश्नपत्र च्यात्नेलाई पक्राउपछि यातना दिइएको गुनासो

शनिबार बिहान पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रवीन खम्बु र सहसचिव एलबी मगरले पक्राउपछि आफूलाई प्रमुख जिल्ला अधिकारी विष्णुहरी उपाध्यायले नै प्रहरीलाई यातना दिन निर्देशन दिएको दाबी गरेका छन् । आफूहरुमाथि यातना भएको गुनासोपछि राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं १ शाखा कार्यालय खोटाङको टोलीले आइतबार बिहान प्रहरी हिरासतमा रहेकाहरुलाई भेट्न गएको थियो ।

प्रहरीले परीक्षा बिथोल्न खोजेको भन्दै चारजनालाई पक्राउ गरेको छ । उक्त केन्द्रमा पुगेकी स्थानीय रुपाकोट साप्ताहिककी पत्रकार सविना परियारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकी परियारले भने आन्दोलनकारीले प्रश्नपत्र च्यातेको फोटो खिच्ने क्रममा आफूलाई पक्राउ गरेको भन्दै न्यायको माग गरेकी छन् । प्रमुख जिल्ला अधिकारी विष्णुहरी उपाध्यायले भने अनुमति बिना परीक्षा केन्द्रमा प्रवेश गर्न खोजेकाले नियन्त्रणमा लिइएको बताएका छन् । उनी लगायत दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार समेत पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित : श्रावण ५, २०७६ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?