कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भोजपुरमा पहिरोबाट सय परिवार विस्थापित

एलिसा श्रेष्ठ

भोजपुर — पहिरोबाट भोजपुरमा १ सय घरपरिवार विस्थापित भएका छन् । केही दिनअघिको वर्षापछिको पहिरोले भोजपुर नगरपालिकामा १४, टेम्केमैयुङ्ग २६, पौवादुङ्मा २, आम्चोक ४४, रामप्रसादराई ९, अरुण १, हतुवागढी ३ र साल्पासिलिछो गाउँपालिकामा १ गरी सय परिवार विस्थापित भएका प्रहरीले जनाएको छ ।

उनीहरु पाल तथा छिमेकीको शरणमा दुःखले रात काट्न बाध्य छन् । त्यस्तै जिल्लाका नौवटै स्थानीय तहका १६ घरमा पूर्णरुपमा र ५८ घरमा आंशिक क्षति पुगेको छ ।


पहिरोले घरमा क्षति पुगेपछि ती परिवार विस्थापित भएको विपद व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । पहिरोले घर पुरिँदा रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ्ग गाउँपालिकामा १ को ज्यान गएको थियो । अन्य ३ जना घाइते भएका थिए । प्रजिअ खतिवडाले स्थानीय तहहरुलाई आ–आफनो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरि पठाउन पत्राचार गरिएको बताए ।


भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले बाढी तथा पहिरोपीडितलाई राहत सामग्री वितरण भइरहेको बताए । उनले भने, ‘हामीले पीडितको अवस्था हेरेर आवश्यक राहत सामग्री वितरण गरिरहेका छौं ।' पीडितहरुलाई सुरक्षित स्थानमा सार्न आवश्यक उपकरण र सामग्री पनि पठाउने तयारी रहेको उनले बताए ।

प्रकाशित : श्रावण ४, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?