१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

फिदिम-राँके सडकमा अझै पहिरो रोकिएन

ज्ञानु घिमिरे

पाँचथर — बुधबारदेखि अवरुद्ध भएको मेची राजमार्गको फिदिम–राँके सडकखण्ड सञ्चालनमा आउन सकेको  छैन  । लगातारको वर्षाका कारण उक्त सडकखण्डमा पहिरो झर्ने क्रम नरोकिएपछि सवारी आवगमन ठप्पा भएको हो । सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

फिदिम-राँके सडकमा अझै पहिरो रोकिएन

फाल्गुनन्द–३ को पाग्रेंभीरमा बुधबार बेलुकाबाटै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बिहीबार पनि पहिरो खसेपछि सडक सञ्चालनमा आउन सकिरहेको छैन । बिहीबार साँझ ५ बजेसम्म पहिरो पन्छाउने काम गरेपनि नसकिएको जिल्ला ट्रफिक प्रहरी कार्यालयले जनाएको छ ।


कार्यालयका प्रमुख जनक तिम्सिनाका अनुसार पहिरो झर्ने क्रम नरोकिएकाले पन्छाउने कामलाई स्थगित गरिएको छ । रातिसम्म पनि पहिरो नरोकिए वैकल्पिक बाटो प्रयोग गरेर भएपनि सवारी आवगमनलाई सुचारु गरिने उनले जानकारी दिए ।

प्रकाशित : श्रावण २, २०७६ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?