बस पल्टँदा २ को मृत्यु, १९ घाइते

विराटनगर — मोरङको पथरीशनिश्चरे नगरपालिका १० मा बस पल्टँदा २ जनाको मृत्यु भएको छ । झापातर्फ गइरहेको को १ ख ४८४२ नम्बर बस विपरीत दिशाबाट आइरहेको मे १ च ५३९१ नम्बर पिकअप भ्यानसँग ठोक्किएर पल्टेको थियो ।

प्रहरीका अनुसार बसका यात्रु पहिचान नखुलेका एकजनाको घटनास्थलमै मृत्यु भएको थियो । बसका सहचालक टीकाराम थापाको उपचारका क्रममा विराटनगरस्थित एक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


बसका १९ जना यात्रु घाइते भएका छन् । उनीहरुको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण २, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?