कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नौमती घन्काउँदै ब्राह्मण समुदाय

नरसिंहा बजाउनेदेखि सनाई फुक्ने र ट्याम्का, दमाहा ठोक्ने सबै बाहुन–क्षेत्री
विप्लव भट्टराई

इलाम — साताअघि सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा नौमती र पञ्चेबाजा बजाउने यसअघिका भन्दा फरक समुदायका थिए । उनीहरूले यी बाजामा सुरताल मिलाएको नौलो देखिएको थियो ।

नौमती घन्काउँदै ब्राह्मण समुदाय

कुनै जाति विशेषले मात्र यी बाजा र संस्कृति संरक्षण गर्नुपर्छ भन्ने मान्यताका कारण लोप हुँदै गरेको संस्कृति जोगाउने उद्देश्यका साथ झापाको एक्टिभ नाइन भन्ने समूह नौमती घन्काउँदै इलामसम्म आएको हो । ‘यो समूहमा सबै ब्राह्मण क्षेत्री छौं,’ टेप्पो बजाउँदै भेटिएका अध्यक्ष गोविन्द निरौलाले भने, ‘आफ्नो आयआर्जनभन्दा पनि नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने र उनीहरूलाई रोजगारीको अवसरसमेत सिर्जना गर्ने उद्देश्यले यो काम थालेका हौं ।’


नरसिंहा बजाउनेदेखि सनाई फुक्ने र ट्याम्को, दमाहा ठोक्ने सबै ब्राम्हण क्षेत्री छन् । झापाको बिर्तामोड क्षेत्रलाई कार्यथलो बनाएका विभिन्न पोसामा आबद्धहरूले यो नौलो काम थालेका हुन् ।


‘फुर्सदको समयमा साथीभाइ जम्मा भएर गफगाफमा बिताउने क्रम पुरानै देखिएको थियो,’ नरसिंह फुक्न माहिर भइसकेका सचिव भानु खनालले भने, ‘उपलब्धीविहीन भेटघाटभन्दा उदाहरणीय र समाजलाई फाइदा पुग्ने केही काम गरुँ भन्ने लागेर यो काम थालेका हौं । अधिकांश छापाखाना व्यवसायी रहेको यो समूहमा १२ जना छन् । सबैले आ–आफ्नो बाजा मज्जाले घन्काउन जानेका छन् । ‘विवाहोत्सवमा बोलाउँदा सबैको समय नमिल्न सक्ने भएकाले अरू साथीलाई पनि प्रशिक्षण दिइरहेका छौं,’ सनाईको मीठो धुन निकाल्ने रोहित भट्टराईले सुनाए ।


आम्दानीको १० प्रतिशत सामाजिक कार्यमा लगाउँदै आएका उनीहरूले नौमती बाजाको संरक्षणका लागि कलेज नै सञ्चालन गर्ने सोच बनाएका छन् । नौलो अभ्यास र संस्कृति जर्गेनाको प्रयास भन्दै धेरैले विवाह उत्सवमा उनीहरूलाई बोलाउने गरेका छन् । उनीहरूले २ महिनाको तालिमपछि बाजा बजाउन थालेका हुन् ।


तालिम गर्ने ठाउँको व्यवस्थापनमा पनि निक्कै झन्झट व्यहोरेका उनीहरूलाई नरेन्द्र दर्नाल र रामचन्द्र डोलीकार्कीले तालिम दिएका थिए । ‘बिहान बेलुकै तालिम गर्नुपर्ने तर टोलमा नै होहल्ला हुने भएकाले निकै ठाउँ चाहरेर मात्र बाजा बजाउन सिकियो,’ सनाई फुक्ने नै काम पाएका विनोद दाहाले अनुभव सुनाए । तालिम सकिएपछि उनीहरूको माग बढदो छ । नौलो पहल लागेर छोराको विवाहमा यो समूहलाई इलामसम्म ल्याएको झापाका दीपक बोहोराको भनाइ थियो ।

प्रकाशित : श्रावण २, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?