विराटनगर — इलाम नगरपालिका ३ बाट प्रहरीले हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । हतियारधारी समूह हिँडडुल गरिरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले तीनवटा भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिकाका ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय कुमार फागो छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।