बाढीमा बगेर मृत्यु, बेपत्ता मृत फेला

विराटनगर — संखुवासभाको मकालु गाउँपालिका ३ एकुवाकी एक महिलाको खोलामा बगेर मृत्यु भएको छ । स्वास्थ्य चौकीबाट फर्कने क्रममा बाटोमा पर्ने भ्यागुते खोलामा आएको बाढीले बगाएर स्थानीय ३४ वर्षीया मिङमा खङडु शेर्पाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, पैनीमा बगेर बेपत्ता भएकी मोरङको पथरी शनिश्चरेकी ११ वर्षीया सिर्जना तामाङ मृत फेला परेकी छन् । उनी मंगलबार घरभन्दा केही परको पैनीमा डुबेर बेपत्ता भएकी थिइन् ।

प्रकाशित : श्रावण १, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?