कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पर्यटक तान्दै तिम्बुपोखरी

पाँचथर — पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङमा गाउँपालिकाको सीमामा पर्ने तिम्बुपोखरीमा पर्यटनको आकर्षण बढेको छ । ४ हजार ३ सय ३८ मिटर उचाइमा रहेको पोखरी र आसपासको प्राकृतिक सुन्दरता अवलोकन गर्न पर्यटक आउने गरेका छन् ।

पर्यटक तान्दै तिम्बुपोखरी

असार साउन र भदौमा यहाँ घुम्न आउने धेरै हुन्छन् । लेकाली फूलले यतिबेलाको वातावरण रमाइलो हुन्छ । चट्टानी पहाडले घेरिएको यो क्षेत्रमा शिवपोखरी, सूर्य कुण्ड, दुध कुण्ड, हंस पोखरी, मयुरपोखरीसहित आठवटा पोखरी छन् । तिम्बुपोखरीबाट निस्किएको पानीले इवाखोला बनेको विश्वास छ । हिमाली र उच्च पहाडी क्षेत्र अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीय सरोज भण्डारीले । यस स्थानबाट कन्चजंघा, कुम्भकर्ण र भारतको सिक्किम र दार्जिलिङ सहरको समेत दृश्यावलोकन गर्न सकिन्छ ।


पदयात्राका लागि उपयुक्त गन्तव्यका रूपमा रहेको यो क्षेत्रमा जानका लागि पाँचथरको च्याङ्थापुदेखि पदयात्रा सुरु गरी लेकाली बाटो भएर तीन दिनको यात्रा गर्नुपर्छ । विकट क्षेत्र भएकाले बास भने गोठमा बस्नुपर्ने हुन्छ । चौंरीको दूध र घिउ छुर्पी यहाँको मौलिक खान्की हो ।


पोखरी संरक्षण संमिति संयोजक भीम भण्डारीका अनुसार जैविक विविधिता प्रचुर मात्रामा रहेको यस क्षेत्रमा क्यान्जो, चिमल, सुनखरी, माइकोपिला, यार्सागुम्बा, पाँचऔंले, कुडी, पादनबेद, बुढोओखती, चिराइतो, विखुवा, सुनपाती, सिक्पा, भैरुङपाती जस्ता जडिबुटी पाइन्छन् ।

प्रकाशित : असार ३०, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?