कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १  मा बाढीले नौको मृत्यु, सात बेपत्ता

रासस

विराटनगर — विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुंगा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् । 

प्रदेश १  मा बाढीले नौको मृत्यु, सात बेपत्ता

प्रदेश १ कार्यालय विराटनगरका अनुसार असार २६ गते भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका-७ बस्ने ६६ वर्षीय जगत्बहादुर राईलाई खोलाले बगाई मृत्यु भएको छ भने सोही दिन भोजपुर जिल्लाकै ट्याम्केमयुम गाउँपालिका-९ बस्ने १४ वर्षीय जनक विकको शौचालयले पुरेर मृत्यु भएको छ ।


यसैगरी असार २७ गते खोटाङ खोटेहयाङ गाउँपालिका-२ बस्ने २८ वर्षीया रेखा राई र उहाँका छोराहरु चार वर्षीय रोमन राई र सात महीनाको रोहन राईको आफ्नै घरले किचेर मृत्यु छ । सोही दिन खोलाले बगाउँदा ओखलढुङ्गा चिसुङ्खुगढी गाउँपालिका-४ बस्ने ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली-१ बस्ने ५० वर्षीय अञ्चल लावती र झापा दमक नगरपालिका-१० बस्ने छ वर्षीया बालिका ऐलिजा न्यौपानेको मृत्यु भएको छ ।


यस्तै असार २६ गते खोलाले बगाई बेपत्ता भएका उदयपुर घर भई इटहरी -५ सुनसरीमा बस्ने ३५ वर्षीय सागर थापा आज बिहान मृतावस्थामा फेला परेका छन् ।


कार्यालयका अनसार बेपत्ता हुनेहरुमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने नौ वर्षीय दिवन राई, झापा भद्रपुर नगरपालिका-९ बस्ने ४५ वर्षीय सफल हज्दा, सुनसरी बराहाक्षेत्र-१ बस्ने १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी गाउँपालिका-२ बस्ने नाम, थर, वतन नखुलेका एक जनालाई खोलाले बगाई बेपत्ता बनाएको छ ।


भोजपुर रामप्रसाद राई गाउँपालिका-५ बस्ने ३५ वर्षीया मनकुमारी राई निजकै छोराहरु १७ वर्षीय शिवकुमार राई र १५ वर्षीय शक्तिकुमार राई आफ्नै भान्सा घरमा पुरिएर बेपत्ता भएका छन् ।

प्रकाशित : असार २८, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?