वर्षाका कारण प्रदेश १ को प्रदेशसभा भवन डुबानमा

विनु तिम्सिना

विराटनगर — भारी वर्षाका कारण प्रदेश नम्बर १ को प्रदेशसभा भवन डुबानमा परेको छ । वर्षाका कारण प्रदेशसभा भवन बाहेक विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । सामान्य वर्षामा पनि हज भरिएर बैठक कक्षभित्रको शौचालयबाट पानी निस्कने गरेको संसद् सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । 

वर्षाका कारण कोसी अञ्चल अस्पताल परिसर ताल बनेको छ । ढलको निकास नगरी सडक उच्च बनाइएका कारण अस्पताल परिसर जलमग्न बनेको हो । नालाको पानी अस्पताल परिसरमा रहेको औषधि पसल, प्रशासनिक भवनमा पसेपछि समस्या भएको थियो ।

पानीको निकास नहुँदा अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छोराको उपचार गराउन आएकी पवित्रा ऋषिदेवले बताइन् । पानी जमेका कारण अस्पतालमा रहेका बिरामीका कुरुवा र आफन्तहरूलाई ओहरदोहोरमा समस्या भएको छ ।

ढलको निकास नभएका कारण सडकको पानी अस्पताल पसेका कारण बिरामीका साथसाथै चिकित्सक र अन्य कर्मचारीहरुलाई समेत समस्या भएको कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले बताए ।

दुई दिनदेखि जमेको पानी नसुकेपछि सुरक्षाकर्मीहरुले पम्प लगाएर पानी फ्याकेका छन् । सशस्त्र प्रहरी बल ३ नम्बर गण कंकालिनी मोरङका सई केदार कटुवालको नेतृत्वमा आएको प्रहरी टोलीले कोसी अञ्चल अस्पताल परिसरमा जमेको पानी पम्पसिटबाट निकाल्न सुरु गरेको हो ।

लगातारको वर्षा र अस्पतालभित्र पसेको पानीको निकास हुन नसक्दा आकस्मिक कक्षभित्र पनि पानी पस्न सक्ने खतरा बढेपछि पम्पसिटको माध्यमबाट पानी बाहिर फाल्न सुरु गरेको अस्पतालका मेसु डाक्टर पोखरेलले बताए ।

प्रदेशसभा भवनअघि र हस्पिटल चौकमा पानी जमेपछि विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर घनश्याम काफ्ले सहितको टोलीले अनुगमन गरेको छ ।

कोसी अञ्चल अस्पताल र आसपासका क्षेत्रमा जमेको पानीको निकासका लागि देवकोटा चोकमा स्काभेटर लगाएर कल्भटबाट पानी पास गराइएको छ । यसबाट हस्पिटल चोक देखिको पानी निकास हुने उपप्रमुख इन्दीरा कार्कीले बताइन् ।

प्रकाशित : असार २६, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कांग्रेसलाई मन्त्री बाँस्कोटाको प्रश्न -'के कांग्रेस दिनभरी बीपी रातभरी विप्लव हो ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हिंसाप्रति नेपाली कांग्रेसको दृष्टिकोण के हो भन्दै प्रश्न गरका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले हिंसा भइरहेकोप्रति कांग्रेसले नदेखेझै गरेर एकोहोरो सरकारलाई खेदेको आरोप लगाए ।

उनले भने, 'हिंसाको बारेमा नेपाली कांग्रेसको दृष्टिकोण प्रष्ट हुदैन कांग्रेसको नीति के? नेत्रविक्रम चन्दजीहरुले गरेको हिंसा एकदमै अवैध हो कि हिंसा बन्द गरिनुपर्छ। कांग्रेसको आँखाले के ठहर गर्छ आउनुपरो। '

उनले हिंसा गर्नेचन्द समूह र हिंसा नगर भन्ने सरकारालई हेर्ने एउटै नजर भने कांग्रेस बेलैमा स्पस्ट हुनुपर्ने बताए। उनले हिंसाका बारेमा कांग्रेसको दृष्टिकोण प्रष्ट नभएको बताए। मन्त्री बाँस्कोटाले भने, ' यदि दुवैलाई एकघानमा हाल्ने हो भने के कांग्रेस दिनभरी बीपी रातभरी विप्लव हो?'

'शान्तिपूर्ण रुपमा राजनीति र आन्दोलन गर्न सबैलाई दिएको बताए। जबरजस्ती हिंसा हत्या,लुटपाट प्रयास गरेर अस्थिरता गराउने कुरामा कांग्रेसले बेलैमा स्पष्ट हुनुपर्छ,' मन्त्री बाँस्कोटाले भने।

प्रकाशित : असार २६, २०७६ १७:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT