कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता

उदयपुर — चौदण्डीगढी नगरपालिकाले ०७६/७७ का लागि ६३ करोड २४ लाख रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाले आगामी वर्षका लागि करिब ७ करोड ६५ लाख आन्तरिक आय अनुमान गरेको छ । जसको प्रमुख स्रोत नदीजन्य पदार्थ उत्खनन् वापत प्राप्त हुने राजस्वलाई मानेको छ ।

बजेटले शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार विकास र वातावारण संरक्षण र सुशासनलाई विशेष प्राथमिकता दिएको छ । सामाजिक विकासतर्फ ५ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये शिक्षा क्षेत्रमा मात्रै ३ करोड १० लाख रुपैयाँ खर्च गरिनेछ । आर्थिक विकास अन्तर्गत विनियोजित २ करोड रुपैयाँमध्ये कृषि क्षेत्रमा १ करोड ३० लाख रुपैयाँ खर्च हुनेछ ।


त्यसैगरी स्वास्थ्यतर्फ २ करोड ३७ लाख र प्र्वूाधार विकासतर्फ ५ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । जनतासँग उपमेयर, वातावरण संरक्षण, विपद् व्यवस्थापन, खेलकुदजस्ता कार्यक्रमलाई समेत आगामी वर्षका लागि प्राथमिकतामा राखिएको छ । ‘शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ,’ नगर प्रमुख खगेन्द्र राईले भने, ‘वडागत बजेटसहित शिक्षा र स्वास्थ्य क्षेत्रमा करिव ४/४ करोडको हाराहारीमा बजेट विनियोजन गरिएको छ ।’ शिक्षा र स्वास्थ्य क्षेत्रको यो बजेटले विपन्न वर्ग र महिलालाई विशेष फाइदा पुग्ने राईले बताए ।


नगरपालिकाको भवन निर्माणका लागि १ करोड र वडा भवन निर्माणका लािग १ करोड ५० लाख विनियोजन गरिएको उपप्रमुख रीता चौधरीले बताइन । ‘यसका साथै पुल तथा कलभर्ट निर्माण, सडक कालोपत्रे, सडक नाली निर्माण, सडक ग्राभेलजस्ता कार्यक्रम राखेका छौं,’ उनले भनिन्, ‘कृषि क्षेत्रतर्फ अधिकांस सिँचाइ कुलो निर्माणका योजना छन्, जसबाट कृषक लाभान्वित हुने हामीले आशा राखेका छौं ।’ त्यसैगरी वातावरण संरक्षण, र पर्यटन प्रवर्द्धनजस्ता कार्यक्रमलाई पनि बजेटमा समेटेको उनले बताइन् ।

प्रकाशित : असार २३, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?