१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

‘तीन तहबीच समन्वय जरुरी’

सुनसरी — मुख्यमन्त्री शेरधन राईले संघीय प्रणालीमा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वयले मात्र समृद्ध हासिल हुने बताएका छन् । उनले तीन तहको सरकारले आफूखुसी गर्न थाले एकापसमा विश्वास टुट्ने बताए । 

‘तीन तहबीच समन्वय जरुरी’

प्रदेश १ को ट्राफिक प्रहरी कार्यालयले धरानमा आयोजना गरेको बृहत सडक सभ्यता अभिवृद्धि एवं सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक प्रहरी तथा सरोकारवाला निकायको भेलामा राईले प्रदेश सरकारले संघीय प्रणालीलाई गति दिन चाहेर पनि संघीयताका लागि आवश्यक पूर्वाधार निर्माणाधीन अवस्थामा रहेकाले केही सुस्त देखिएको बताए ।


प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भीमबहादुर दाहालले सडक दुर्घटना कम गर्न सबै सरोकारवालाको भूमिका, सहकार्य र समन्वयको खाँचो रहेको बताए ।

प्रकाशित : असार १५, २०७६ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?