कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

आफ्नै लिंग छिनाए

विराटनगर — मोरङको लेटाङ नगरपालिका ३ का एक युवकले आफनो लिंग छेदन गरेर सख्त घाइते भएका छन् । बिहीबार अपराह्न घरमा कोही नभएको अवस्थामा २२ वर्षीय सुभाष भनिने सुनिल राईले आफैंले लिङग छिनाएर सख्त घाइते भएको प्रहरीले जनाएको छ । 

उनको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । काटिएको लिङग जोड्ने चिकित्सकको प्रयास भने सफल भएन । राईका तीन वर्षीय एक छोरा र पत्नी छन् ।


‘कहिलेकाहीँ एकहोरो व्यवहार देखाउने राई बुधबार साँझ घर छाडेर हिँडेका थिए,’ प्रहरी निरीक्षक खतिवडाले भने, ‘उनलाई गाउँलेले रुखमा चढेर कराउँदै गरेको अवस्थामा फेला पारेर घरमा पुर्‍याएका रहेछन् ।’


घरको बाथरुममा धारिलो दाउले लिङग छेदन गरेर टेवलमा राखेपछि लडेको अवस्थामा उनलाई परिवारले फेला पारेका थिए ।

प्रकाशित : असार १५, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?