कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पेस्तोलसहित ३ जना पक्राउ

प्रदीप मेन्याङ्बो

(सुनसरी) — प्रहरीले २ थान अटोमेटिक पेस्तोल, गोलीसहित बिहीबार धरानबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान–१५ सदन स्कुल नजिकै बस्ने ३९ वर्षीय सरोज गुरुङ, भोजपुर आमचोक ६ का २९ वर्षीय विजय राई र भोजपुरको हतुवागढी २ का ३१ वर्षीय सुरेश राई छन् । पक्राउ परेका विजय राई ५ वर्षसम्म सशस्त्र प्रहरीका भगौडा हुन् । 

पेस्तोलसहित ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार प्रदेश प्रहरी, जिल्ला प्रहरी र धरानका इलाका प्रहरी कार्यालयबाट खटेका टोलीले हतियारसहित धरान १५ सदन स्कुल नजिकै बस्ने सरोजलाई बुधबार राति नै पक्राउ गरेको थियो । उनको कोठाबाट २ थान अटोमेटिक पेस्तोल, एक थान म्यागेजिन, म्यागेजिनमा लोड भएको ७.६५ लेखिएको एकथान गोली, ०७ लेखिएको पेस्तोलको १० थान गोली, ७.६२ लेखिएको एसएलआर र कटुवा पेस्तोलमा प्रयोग हुने ५ थान गोली र लागूपदार्थ डाइलेक्स डीसी ४ बोतल बरामद गरिएको थियो ।


गुरुङलाई केरकार गरेपछि धरान ११ मा कोठाभाडामा लिएर बस्ने विजय र सुरेश पक्राउ परेका थिए । उनीहरु आफन्त पर्ने प्रवीण राईको घरको कोठा भाडामा लिएर बसेका थिए । सरोजको जानकारीको आधारमा बुधबार रातभर सर्च अप्रेशन गर्दा उनीहरुको कोठाबाट ७.६२ लेखिएको एसएलआरमा प्रयोग हुने ९ थान गोली, सानो टिनको बाकसमा स-साना १० पोकाको २ ग्राम ७ सय ३० मिलि ग्राम खैरो हेरोइन, २ थान धारिलो खुकुरी प्रहरीले जफत गरेको थियो । यस्तै को ९ प ४३९८ नम्बरको पल्सर बाइक, को ५ प ३७५० नम्बरको एफजेड बाइक, ३ थान प्लास्टिक मुखुण्डो, हेरोइनसहित १५ हजार १ सय ३५ रुपैयाँ बरामद गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

प्रकाशित : असार १२, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?